Logo

कर प्रशासनको कमजोरी : ४० लाख बढी आय भएका ६८० जनाले तिरेनन ५ अर्ब ३४ करोड

कर प्रशासनको कमजोरी : ४० लाख बढी आय भएका ६८० जनाले तिरेनन ५ अर्ब ३४ करोड



काठमाडौं । वार्षिक ४० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका ६ सय ८० करदाताले कर विवरण पेस नगरी कर छली गरेको पाइएको छ। महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदनअनुसार, कर विवरण (डे–४ फारम) नदिई ती व्यक्तिहरूले कर तिर्न छोडेको रकम मात्रै ५ अर्ब ३४ करोड ८१ लाख पुगेको छ।

आन्तरिक राजस्व विभागका पुतलीसडक, भरतपुरलगायत २९ कार्यालयमा खटिएको परीक्षण टोलीले ६९ करोड ६४ लाख बराबरको कर असुली हुन बाँकी रहेको उल्लेख गरेको छ।

त्यस्तै, सार्वजनिक करदाता कार्यालयअन्तर्गत ८३ व्यक्तिले सेवा शुल्कबाट ३६ करोड ५३ लाख आम्दानी गरे पनि ६ करोड २७ लाख बराबरको कर नतिरेको पाईएको छ । महालेखापरीक्षकको प्रतिवेदनमा कर प्रशासनको कमजोरी औंल्याउँदै छानबिन गरी कर र ब्याजसहित असुली प्रक्रिया थाल्नुपर्ने सिफारिस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्