काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतिताेला १ लाख ९१ हजार ६ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार प्रतितोला १९ सय ६५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ ।