Logo

काठमाडौंमा अन्तरराष्ट्रिय नेल सेमिनार सम्पन्न, ५० बढी व्यवसायी सहभागि

काठमाडौंमा अन्तरराष्ट्रिय नेल सेमिनार सम्पन्न, ५० बढी व्यवसायी सहभागि



काठमाडौं । काठमाडौंमा दुई दिने अन्तरराष्ट्रिय नेल सेमिनार सम्पन्न भएको छ। जापानी नेल आर्ट शैली र प्रविधिको प्रत्यक्ष प्रशिक्षण दिने उद्देश्यसहित आयोजित उक्त सेमिनारमा जापानका पाँच प्रसिद्ध नेल आर्टिस्ट हारु, मियानो, कानाको, माईको र ओकीको सहभागिता रहेको थियो।

पप अप नेपाल प्रालिद्वारा प्रस्तुत तथा प्रिटी नेल्स र द नेल स्टुडियो बाइ सिरपको संयुक्त आयोजना रहेको कार्यक्रममा ५० भन्दा बढी नेपाली नेल व्यवसायीहरूले सहभागिता जनाएका थिए।

सेमिनारको दौरान सहभागीहरूले जापानी नेल आर्टको सूक्ष्म तरिकाहरू, सफाइको मिहिन अभ्यास, डिजाइनको जटिल सीप र हस्तनिर्मित नेल स्टिकर निर्माणका प्रविधिबारे प्रत्यक्ष सिक्ने मौका पाए।

कार्यक्रममा नेल तयारीदेखि लिएर उपकरणको स्याहार, डिजाइनको आधारभूत ज्ञानदेखि उन्नत कार्यशालासम्म समेटिएको थियो। अनु अमात्य, सिरापा तुलाधर र कपिल उप्रेतिको नेतृत्वमा सम्पन्न यो सेमिनारले नेपाली नेल व्यवसायीहरूका लागि अन्तर्राष्ट्रिय विशेषज्ञतासँग जोडिने प्लेटफर्म तयार गरेको आयोजकहरूले बताएका छन्।

कार्यक्रममा आयो (राइडिङ पार्टनर), मोलटोल (फूड पार्टनर) र प्रिटीक्लिकको विशेष सहयोग रहेको थियो। यो सेमिनारले नेपाली सौन्दर्य व्यवसायमा नयाँ आयाम थप्ने विश्वास आयोजकको छ। अ

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This