Logo

दाउन्नेमा सडक पूर्णरूपमा अवरुद्ध, यात्रु घण्टौं जाममा

दाउन्नेमा सडक पूर्णरूपमा अवरुद्ध, यात्रु घण्टौं जाममा



काठमाडौं । सडकको खराब अवस्थाका कारण दाउन्नेमा यात्रुले निकै सास्ती खेप्नु परेको छ । शनिबार रातिदेखि भएको वर्षाले राजमार्ग हिलो भएर गाडी फस्दा दुबैतर्फ यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले जानकारी दिए।

बाटो चिप्लो हुँदा यातायातका साधन चल्न सकेका छैनन् । जसका कारण घण्टौं जाममा बस्न यात्रु बाध्य भएका छन् । सूचना अधिकारी नेपालले बाटो चिप्लो भएका कारण यातायातका साधन चल्न निकै मुस्किल भएको बताएका छन् । बाटो बिस्तारको क्रममा ठाउँ ठाउँमा डाँडा कटानको काम भएको र कल्भर्ट निर्माणका लागि खाल्डो खनिएकाले पानी परेपछि बाटोमा हिँड्न निकै नै कठिनाइ भएको हो । सयौं यातायातका साधन र यात्रुहरू शनिबार रातीदेखि नै जाममा छन् ।

सडक निर्माणका लागि भन्दै राति ११ बजेदेखि बिहान ५ बजेसम्म बाटो बन्द गरिँदै आएको भए पनि वर्षा भएपछि यो काम समेत प्रभावित हुँदै आएको छ । बाटो बिग्रंदा गन्तव्यमा हिँडेका यात्रुहरू अलपत्र अवस्थामा छ्न् । जिल्ला प्रहरी कार्यालय नवलपुरले बाटो मर्मत गरेर यातायात सहज संचालन गर्ने प्रयास भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्