Logo

निवर्तमान गभर्नर महाप्रसाद अधिकारी गभर्नर सिफारिस समितिको सदस्यमा नियुक्त

निवर्तमान गभर्नर महाप्रसाद अधिकारी गभर्नर सिफारिस समितिको सदस्यमा नियुक्त



काठमाडौं । नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारी गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा नियुक्त भएका छन् । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई सिफारिस समितिको सदस्यमा नियुक्त गरेको हो ।

यसअघि गत चैत १० चैत गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि गभर्नर नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन ।

उक्त रिक्त सदस्यमा अधिकारी नियुक्त गरिएको छ । अर्का सदस्यमा योजना आयोगका पूर्वअध्यक्ष डा. विश्व पौडेल रहेका छन् । समितिमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल अध्यक्ष छन् ।

उक्त समितिले गभर्नर नियुक्तिको सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरहरूमध्येबाट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । मन्त्रिपरिषद्ले सिफारिस भएका नाममध्येबाट एक जनालाई गभर्नर पदमा नियुक्त गर्ने गर्छ । चैत २४ गते गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपनि हालसम्म नयाँ गभर्नर नियुक्ति हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्