Logo

उर्जा राज्यमन्त्रीमा कांग्रेसका खमबहादर गर्बुजा नियुक्त

उर्जा राज्यमन्त्रीमा कांग्रेसका खमबहादर गर्बुजा नियुक्त



काठमाडौं । सरकारले उर्जा राज्यमन्त्रीमा नेपाली काङ्ग्रेसका सांसद खमबहादुर गर्बुजालाई नियुक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि राज्यमन्त्री रहेका पूर्णबहादुर तामाङलाई प्रधानमन्त्रीले बर्खास्त गरेपछि सो पद रिक्त थियो। नव नियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्