काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच आज दिउँसो २ बजे वार्ता हुने भएको छ ।
नेपाल शिक्षक महासंघको आह्वानमा गत चैत २० गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका शिक्षकहरुले सोमबार र मंगलबार पनि सरकारसँग वार्ता गरेका थिए । सोमबार र मंगलबारको वार्ता सकारात्मक भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बताएका छन् ।
शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउने आफूहरुको तयारी रहेको मन्त्री पन्तले बताएका थिए । वार्तामा शिक्षक पनि सकारात्मक रुपमा प्रस्तुत भइरहेका छन् ।
शिक्षामन्त्री पन्त र महासङ्घका पदाधिकारीबीच मङ्गलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो । वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए ।