Logo

पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली, कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली, कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना



काठमाडौँ । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको तराई क्षेत्र र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो भने कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्