Logo

गभर्नरकाे नियुक्ति विवादसम्बन्धी रिट न्यायाधीशद्वय पौडेल र निरौलाको इजलासमा, आज आउँला फैसला ?

गभर्नरकाे नियुक्ति विवादसम्बन्धी रिट न्यायाधीशद्वय पौडेल र निरौलाको इजलासमा, आज आउँला फैसला ?



काठमाडौं । गभर्नर नियुक्ति विवादसम्बन्धी रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा पेसी चढेको छ। अधिवक्ता विशाल थापालगायतले दायर गरेको रिट अन्तरिम आदेशसम्बन्धमा सुनुवाइका लागि आइतबार पेसी चढेको हो ।

रिट पेसीसूचीको ‘ड’ नम्बरमा छ । यो रिटको पेसी आइतबार न्यायाधीशद्वय हरि फुयाँल र नित्यानन्द पाण्डेको इजलासमा चढेपनि हेर्न नभ्याइने हुँदै स्थगित भएको थियो ।

६५ वर्षे उमेर हदसम्बन्धी विषय समेटिएको मापदण्ड तत्काल कार्यान्वयन नगर्न न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएको थियो । साथै, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्ने तयारीविरुद्ध पूरक निवेदन समेत परेको छ ।

अधिवक्ता थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति र राष्ट्र बैंकलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको पदाधिकारी तथा सदस्य नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३ लाई दोस्रो संशोधन गरेको गर्दै नियुक्तिको उमेर हद हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्