Logo

रसुवा–केरुङ रेल्वे मार्गको अध्ययन गर्न विकास समितको निर्देशन, रेल्वे विकाससँगै देशको आर्थिक विकास हुने

रसुवा–केरुङ रेल्वे मार्गको अध्ययन गर्न विकास समितको निर्देशन, रेल्वे विकाससँगै देशको आर्थिक विकास हुने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२२ पुस, काठमाडौं । व्यवस्थापिका–संसद्को विकास समितिले चीनको रेल सञ्जालसँग नेपाललाई जोड्न रसुवा–केरुङ रेल्वे मार्गको सम्भावना बारे अध्ययन गर्न निर्देशन दिएको छ । समितिको आज वसेको बैठकले यस्तो निर्णय दिएको हो ।

समितिको आजको बैठकमा नेपालमा रेल्वे यातायातको विकासको संभावना, देशको समग्र आर्थिक विकास एवम् भौतिक पूर्वाधारको विकासमा रेल्वे यातायातको महत्वका सम्बन्धमा छलफल भएको थियो ।

समितिले रेल्वे लाइनको विकास र विस्तारका साथै विद्यमान रेल्वे यातायातको स्तरोन्नति र विस्तार गर्न यथेष्ट बजेट छुट्याई कार्यान्वयनमा लैजान भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, अर्थ मन्त्रालय र रेल विभागलाई निर्देशन दिएको छ ।

बैठकमा समितिका सभापति रवीन्द्र अधिकारीले मुलुकको आर्थिक विकासका लागि रेल्वे यातायातको विकास एवम् विस्तारका लागि अत्यावश्यक पर्ने रणनीतिका साथै अन्य नीतिगत र कानुनी व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

साथै, समितिले अन्तरदेशीय एसियाली रेल सञ्जाल विस्तारसम्बन्धी अभिसन्धिको आयोजनाको विस्तृत परियोजना अध्ययन प्रतिवेदन तयार गरी कार्यान्वयनको प्रक्रियामा लैजाने  निर्णय समेत गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL