Logo

आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै ८० साइकल यात्री सिन्धुली गढीमा, १३५ किमी यात्रा साइलमा

आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै ८० साइकल यात्री सिन्धुली गढीमा, १३५ किमी यात्रा साइलमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आन्तरिक पर्यटनको प्रवद्र्धन गर्दै काठमाडौंबाट ऐतिहासिक स्थल सिन्धुलीगढीसम्म साइकल यात्रा गरिएको छ । समृद्ध सिन्धुली नागरिक अभियानले गरेको सो कार्यक्रममा ८० जना व्यवसायीक साइकल यात्री सिन्धुली गढीको टुप्पोमा पुगेका हुन् ।

‘राइड टु सिन्धुली गढी’ नाम दिइएको साइकल यात्रा काठमाडौं–धुलिखेल हुँदै जाने रमणीय वीपी राजमार्गमा भएको थियो । साइकल ¥याली सिन्धुली गढीमा मनाइएको विजयोत्सवमा सहभागी भएको थियो ।
sindhuli_gadhi

सिन्धुलीगढी वीर गोर्खालीले तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको ऐतिहासिक स्थल हो । त्यहाँ हरेकबर्षको कात्तिक २४ गते तत्कालीन गोर्खाली सेनाले विजय हासिल गरेको सम्झनामा विजयोत्सव मनाउने गरिएको छ ।

साइकल यात्राको नेतृत्व प्रसिद्ध विश्व साइकल यात्री पुस्कर शाह र अर्का यात्री देवेन्द्र बस्न्यातले गरेका थिए । यात्रीले सिन्धुलीगढीको ठूलो गढमा साइकल पु¥याएर बीर गोर्खालीको स्मरण गरेका थिए । यात्रीले साइकल काँधमा बोकेर ठूलो गढको सिडी पार गरेका थिए । ठूलो गढ महाभारत पर्वत श्रृङ्खलाको टुप्पोमा पर्छ ।

साइकल यात्राको माध्यमबाट सिन्धुलीगढीलाई विश्वसामु परिचित गराउने समृद्ध सिन्धुली अभियानले लक्ष्य लिएको छ । यस्तो साइकलयात्रा हरेक बर्ष गर्ने अभियानको योजना छ । यस वर्षको साइकल यात्रा आयोजना गर्न पर्यटन बोर्डले सघाएको थियो । यात्रीका लागि आयोजकका तर्फबाट खाने, बस्ने, टिसर्ट, बीमा, फर्कँदा सवारी साधनलगायतको ब्यवस्था मिलाइएको थियो । काठमाडौंबाट झण्डै १ सय ३५ किलोमिटर यात्रा साइकल यात्रीले तय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्