Logo

ग्लोबल बैंक ९ वर्षमा प्रवेश, प्रभातफेरी र रक्तदान कार्यक्रम सम्पन्न

ग्लोबल बैंक ९ वर्षमा प्रवेश, प्रभातफेरी र रक्तदान कार्यक्रम सम्पन्न


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१९ पुस, काठमाडौं । ग्लोबल आईएमई बैंकले शनिवार राजधानीसहित विभिन्न सहरमा प्रभातफेरी कार्यक्रय गरेको छ ।

नवौ वर्ष प्रवेशको अवसरमा वित्तीय साक्षरता जगाउने उद्देश्यले प्रभातफेरी गरिएको बैंकले जनाएको छ ।

प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, बीरहस्पिटल, जमल हुदै पुन कान्तिपथ शाखामा पुगेर समापन भएको थियो ।

यसैगरी राजधानी बाहिर विराटनगर, नारायणघाट, पोखरा, लाहान, नेपालगञ्ज, वीरगञ्जलगायतका सहरमा पनि प्रभातफेरीे आयोजना गरिएको बैंकले जनाएको छ ।

बैंकले बार्षिकोत्सवको अवसरमा शुक्रबार “रक्तदान नै जीवन दान” भन्ने नाराको साथ रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL