Logo

बागमती नगरपालिकाका मेयर थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर, ३० करोड २९ लाख हिनामिना गरेको आरोप

बागमती नगरपालिकाका मेयर थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर, ३० करोड २९ लाख हिनामिना गरेको आरोप



काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापासहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको भन्दै नगरपालिकाका मेयर भरतकुमार, उपमेयर लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियरङ सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

laxmi

उनिहरुले अकुत सम्पत्ति आर्जन गर्नकै लागि ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ भ्रष्टाचार गरेपछि अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

नगरपालिकाको वडा नम्बर चार र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, बालुवालगायत नदीजन्य वस्तु बिक्री वितरणमा ३० करोड २९ लाख ३४ हजार ८९७ रकम हिनामिना गरिएको देखिएको हो ।

यसअघि अख्तियारले चैत २८ मा मेयर थापाविरुद्ध ५ करोड ३३ लाख ५३ हजार १८१ रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको दाबीसहित विशेष अदालतमा दायर मुद्दाको फैसला आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्
MBL