Logo

घट्दो आयात र बढ्दो रेमिटान्सले ऐतिहासिक उचाईमा बीओपी र विदेशी मुद्रा सञ्चिति, थुप्रियो साढे १९ खर्ब विदेशी मुद्रा

घट्दो आयात र बढ्दो रेमिटान्सले ऐतिहासिक उचाईमा बीओपी र विदेशी मुद्रा सञ्चिति, थुप्रियो साढे १९ खर्ब विदेशी मुद्रा



काठमाडौं । देशको शोधनान्तर स्थिति र विदेशी मुद्रा संचिती हालसम्मकै उच्च रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०।८१ को पहिलो १० महिनाको तथ्यांक अनुसार देशको शोधनान्तर स्थिती हालसम्मै उच्च अर्थात ३ खर्ब ९२ अर्ब रुपैयाँले बचतमा रहेको छ । यो बचत गत आर्थिक वर्षको सोही अबधिको तुलनामा १ खर्ब ८३ अर्ब रुपैयाँले बढी हो ।

laxmi

यसैगरी सो अबधिमा आईपुग्दा कुल विदेशी विनिमय सञ्चिति समेत हालसम्मकै उच्च रहन पुगेको छ । गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले वृद्धि भई २०८१ बैशाख मसान्तमा १९ खर्ब ४२ अर्ब ४० करोड पुगेको छ । राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १७ खर्ब २२ अर्ब २ करोड पुगेको छ । यसैगरी बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब २० अर्ब ३८ करोड कायम भएको छ । २०८१ बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को १० महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिबाट १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ बैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४ प्रतिशत, १०५.३ प्रतिशत र २९.२ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।

यसैगरी सो अबधिमा अवधिमा चालु खाता १ खर्ब ९३ अर्ब २५ करोडले बचतमा रहेको छ । तर अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६३ अर्ब ७४ करोडले घाटामा रहेको थियो ।

पछिल्लो समय घट्दो आयात र वैदेशिक रोजगारीमा जाने कामदारले रेमिटान्स पठाउने क्रम बढेसँगै शोधनान्तर स्थिति उच्च बचतमा रहनुका साथै विदेशी मुद्रा संचितीमा समेत सोही अनुरुप सुधार आएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL