Logo

२ वर्षपछि नेपालमा पुनः थाई एयरवेजको सेवा सुरु, काठमाडौंमा औपचारिक घोषणा

२ वर्षपछि नेपालमा पुनः थाई एयरवेजको सेवा सुरु, काठमाडौंमा औपचारिक घोषणा



काठमाडौं । थाइल्याण्डको एयरलाइन्स कम्पनी थाई एयरवेजले पुनः नेपालमा आफ्नो सेवा सुरु गरेको छ । कम्पनीले बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना औपचारिक रूपमा नेपालमा पुनः सेवा सुरु गरेको जानकारी दिएको हो ।

laxmi

थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता-काठमाडौं उडानमार्फत नेपालमा आफ्नो वायुसेवा सुरु गरेको थियो । कोभिड महामारीका कारण मार्च २०२२ मा थाई एयरवेजकाे उडान रोकिएको थियो ।थाई एयरवेजले २०२३ अक्टोबर २९ मा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई नेपालको लागि जेनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको थियो ।

हाल एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ ।थाई एयरवेजका डिरेक्टर अफ सेल्स खुन विट किचाथोर्नले भने, ‘काठमाडौं र बैंककबीचको उडान सेवा पुनः सुरु भएको घोषणा गर्न पाउनु हाम्रो लागि सौभाग्य हाे, यो सेवाले नेपाललाई थाइल्याण्डलगायत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्नेछ, हामीले सन् १९६८ मा नेपालका लागि पहिलो पटक सेवा सुरु गरेदेखि नै हाम्रो यात्रा सांस्कृतिक र आर्थिक आदान–प्रदानलाई प्रवर्द्धन गर्ने एउटा माध्यम बनेको छ र हामी यो महत्त्वपूर्ण सम्बन्ध पुनः सुरु गर्न पाउँदा खुसी छौँ ।’ उनले विगत ५६ वर्षदेखि नेपालमा सेवा दिएको बताए ।

हाल थाई एयरवेजले ६० भन्दा बढी गन्तव्यहरूमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रिमलाइनर ७८७, र एयरबस ३५० एयरक्राफ्टहरू सञ्चालन गर्दै आएको छ । यी विमानहरू आरामदायी सिटको लागि प्रसिद्ध छन् ।हाल थाई एयरवेजसँग कुल ७३ विमान छन्, जसले औसतमा दैनिक १२.८ घण्टा उडान भर्छन्

प्रतिक्रिया दिनुहोस्
MBL