Logo

सेयर बजारमा साढे २७ अंकको वृद्धि, ५ अर्ब ८५ करोडको कारोबार

सेयर बजारमा साढे २७ अंकको वृद्धि, ५ अर्ब ८५ करोडको कारोबार



काठमाडौं । सेयर बजारमा सोमबार दोहोरो अंकको वृद्धि भएको छ । सोमबार बजार २७.५४ अंकले बढेर २०९२ को विन्दुमा कायम भएको छ ।

laxmi

नेप्सेमा सोमबार कारोबार भएको ३१५ कम्पनीको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा आठ वटा उपसूचक हरियाली भएको छ ।

उक्त दिन सबैभन्दा बढी पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १९ करोड ९२ लाख ९९ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिइडिबी हाइड्रोपावरको १८ करोड ८९ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको १३ करोड ४८ लाख ९५ हजार रुपैयाँ, शाइन रेशुङ्गा बैंकको १३ करोड ४२ लाख ४९ हजार रुपैयाँ र एनआइसी एशिया बैंकको ११ करोड २९ लाख ४० हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL