Logo

बालमन्दिर जग्गा प्रकरणमा बैद्य, संघई, केडियासहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

बालमन्दिर जग्गा प्रकरणमा बैद्य, संघई, केडियासहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं । बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अनाथ र सहाराबिहीन बालबालिकाका लागि सरकारले जोहो गरिदिएको जग्गा लिज सम्झौताका नाममा अनन्तकालसम्म व्यापारीलाई सुम्पने पूर्व पदाधिकारीदेखि त्यो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने व्यापारिक घरानाका सदस्य समेतका नाममा पक्राउ पुर्जी जारी भएको हो ।

laxmi

बिहीबार काठमाडौँ जिल्ला अदालतले बाल संगठनका तत्कालीन पदाधिकारी, सम्झौतामा जोडिएका साक्षी र बाल संगठनबाट जग्गा लिजमा लिएर बृहस्पति स्कुल सञ्चालन गरिरहेको व्यवापारिक घराना विशाल ग्रुपका सदस्यहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनीहरूविरूद्ध बाल संगठनले मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा जाहेरी दिएको थियो । सोही आधारमा सीआईबीले उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी गर्न बिहीबार नै अदालत समक्ष अनुमति मागेको थियो ।

आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै बिहीबार नेपाल बाल संगठनले सीआईबीमा जाहेरी दिएपछि आरोपितविरुद्ध ठगीको कसुरमा अनुसन्धान सुरु भएको छ । २०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गा हिनामिना गरिएको देखिएको थियो ।

पछिल्लो पटक २०७२ सालमा सव लिज सम्झौता गरी वैद्यले बृहस्पतिसँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्ष (विसं २१३१) सम्म का लागि बाल मन्दिरको जग्गा सुम्पिएको आरोप लागेको छ । बृहस्पतिलाई जग्गा लिजमा दिएबापत संगठनले वार्षिक ९० लाख रुपैयाँ भाडा पाउने गरी सम्झौता भएको थियो । त्यसपछि बृहस्पतिले लिजमा जग्गा लिएपछि ५ रोपनीमा भारतीय बोर्डबाट सञ्चालित ‘राय स्कुल’ लाई सव लिज दिएर वार्षिक ६० लाख असुल्दै आएको छ ।

पक्राउ पुर्जी जारी भएकामा नेपाल बाल संगठनका तत्कालिन अध्यक्ष रीता सिंह, तत्कालिन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ ्र तत्कालिन महासचिव गणेश भक्त श्रेष्ठ, तत्कालिन उपमहासचिव सुमन शाक्य, तत्कालिन सदस्य एवंम श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह, तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव श्याम कुमार आले, तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव सुवास कुमार पोखरेल छन् ।

यसैगरी सूचीमा नेपाल बाल संगठनका तत्कालिन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ, तत्कालिन महासचिव प्रचण्डराज प्रधान, तत्कालिन महासचिव रामकाजी कोने , तत्कालिन उपाध्यक्ष योगेन्द्र बहादुर शाही, तत्कालिन उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ, वृहस्पति विद्यालय व्यवस्थापन प्रालि (वृहस्पति विद्यासदन) का अख्तियार प्राप्त तत्कालिन अध्यक्ष चिरञ्जिवि तिवारी, वृहस्पति विद्यासदनका संचालक प्रविणराज जोशी, वृहस्पतिका तत्कालिन संचालक मुरारी निधि तिवारी , वृहस्पति विद्यासदनका अध्यक्ष पुरुषोत्तमराज जोशी छन् । यसैगरी वृहस्पति विद्यासदनकी संचालक श्रद्धा संघई, संचालक अभिनव सिंघानिया, संचालक सिद्धार्थ केडिया र संचालक किर्तिप्रसाद पाण्डेविरुद्ध सिआइबीले पक्राउ पूर्जी जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL