Logo

नेपाली नोटमा चुच्चे नक्सा राख्ने निर्णयको डा. बाबुराम भट्टराईले गरे आलोचना, भने-दुई देशबीच विवाद चर्काउने कुरामात्रै

नेपाली नोटमा चुच्चे नक्सा राख्ने निर्णयको डा. बाबुराम भट्टराईले गरे आलोचना, भने-दुई देशबीच विवाद चर्काउने कुरामात्रै



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली नोटमा नयाँ नक्सा राख्ने सरकारको निर्णय दुई देशबीच विवाद चर्काउने कुरा भएको टिप्पणी गरेका छन् । नेपाली १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने मन्त्रिपरिषद्को निर्णयमा टिप्पणी गर्दै उनले सीमा विवाद यसरी हल नहुने दाबी गरेका छन् ।

laxmi

उनले नेपाल र भारतबीचको सीमा विवाद समष्टिगत रूपमा समाधान गर्न आवश्यक रहेको बताएका छन् । उनले ईपीजी वा नयाँ किसिमको संयन्त्रबाट मात्रै सीमा विवाद हल गरेर जान सकिने तर्क गरेका छन् । ‘नेपालको सीमा विवाद जुन छ, यसको हल हुनुपर्छ, तर समष्टिगत ढंगले । अंश–अंश गरेर यो हल हुँदैन’, उनले भने, ‘अनावश्यक ढंगको बहस र विवाद चर्काउने कुरा मात्रै हुन्छ । यसको हल भनेको ईपीजी वा नयाँ किसिमको अर्को मेकानिजममार्फत सीमा, खुला सम्बन्ध, पारवहन सम्झौता, आर्थिक सम्बन्ध, वाणिज्य सम्बन्धलाई समष्टिगत ढंगले नै हल गर्नुपर्छ ।’

सीमा समस्या कि त युद्ध लडेर कि कुटनीतिक तरिकाबाट हल हुने भन्दै उनले तीतो पोखेर मात्रै समाधान नहुने धारणा राखेका छन् । ‘सीमा समस्या की त युद्ध लडेर हुन्छ, कि त कुटनीतिक तरिकाबाट हल हुन्छ’, उनले भने, ‘खाली तीतो मात्रै पोखेर र मुखमात्रै बजारेर यस्ता समस्या कहिल्यै पनि हल हुँदैनन् ।’

भट्टराईले खुला सीमानाका कारण नेपालको अर्थतन्त्रमा ठूलो धक्का लागिरहेको बताएका छन् । ‘भारतसँगको खुला सीमानाले गर्दा हाम्रो अर्थतन्त्रको आधा हिस्सा चुहिएर गएको र उद्योगधन्दाको विकासमा असर परेको छ । आगामी दिनमा यो क्षेत्रमा जुन सामरिक स्वार्थ टकराउँछ’, उनले भने, ‘भारत–चीन र अमेरिकाको टकराव त देखि नै हालियो ।’

प्रतिक्रिया दिनुहोस्
MBL