Logo

पोखरामा पर्यटकसँग पैसा असुल्ने पाँच जना पक्राउ, १० दिनको म्याद थप गरी अनुसन्धान

पोखरामा पर्यटकसँग पैसा असुल्ने पाँच जना पक्राउ, १० दिनको म्याद थप गरी अनुसन्धान



काठमाडौं । पर्यटकलाई हैरान पारेको आरोपमा पोखराबाट पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक वसन्तकुमार शर्माका अनुसार सोमबार पोखरा महानगरपालिका–६ लेक साइड र हल्लन चोक क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् ।

laxmi

पोखरा महानगरपालिका–६ डिहिकोपाटनका २६ वर्षीय सन्तोष श्रेष्ठ, लालुपाते मार्गका २५ वर्षीय मीनप्रसाद पौडेल, ३१ वर्षीय धनदेउ क्षेत्री, खहरे चोकका २५ वर्षीय सुशान्त क्षेत्री र २५ वर्षीय अमित भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले लेकसाईड र हल्लन चोक क्षेत्रमा नेपाली तथा विदेशी पर्यटकलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटेल मिलाइदिने भन्दै झोला तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक हैरानी दिएर अभद्र व्यवहार गरेको प्रहरीले बताएको छ । उनीहरूविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL