Logo

सन नेपाल लाइफले हकप्रद सेयर जारी गर्दै, विक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त

सन नेपाल लाइफले हकप्रद सेयर जारी गर्दै, विक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः०.२७ को अनुपातमा साविकका सेयरधनीलाई प्रतिसेय १ सय रुपैयाँका दरले १ करोड ६ लाख ९६ हजार ३ सय २० कित्ता बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । उक्त हकप्रद निष्काशनका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

laxmi

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय न्युप्लाजा, पुतलीसडक, काठमाण्डौमा आज आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री राज कुमार अर्यालले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक
कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL