Logo

बीमकहरुलाई बीमा प्राधिकरणको निर्देशन : बीमा भुक्तानी छिटो गर्नुहोस

बीमकहरुलाई बीमा प्राधिकरणको निर्देशन : बीमा भुक्तानी छिटो गर्नुहोस



काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमक कम्पनीहरुलाई बीमा दावी भुक्तानी छिटो छरितो गर्न निर्देशन दिएको छ । मंगलबार प्राधिकरणले आयोजना गरेको बीमा कम्पनीका अधिकृतहरूसँग परिपालन सम्बन्धी समग्र विषयमा छलफल तथा अन्तक्र्रिया कार्यक्रममा यस्तो निर्देशन दिएको हो ।

laxmi

कार्यक्रममा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमकहरूले आन्तरिक नियन्त्रण प्रणालीमा सुशासन कायम गर्नुपर्ने, बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने र कारवाहीको अवस्था नआउने गरी काम गर्नुपर्ने बताए । ्
उनले बीमा ऐन, नियम र प्राधिकरणबाट जारी निर्देशिका तथा निर्देशनहरू बमोजिम सुशासनमा रहेर काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका थिए ।

बीमकहरूले बीमा व्यवसाय संचालन गर्दा प्रत्येक त्रैमासमा परिपालन प्रतिवेदन प्राधिकरणमा पेश गर्दा देखिएका कमी कमजोरी तथा सुधार गर्नुपर्ने विषयहरूमा परिपालन अधिकृतहरूका राय सुझावहरू लिन कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमकका परिपालन अधिकृतहरूले जति राम्रो काम गर्याे त्यति नै कम्पनीलाई सशक्त र सुरक्षित बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले कम्पनीका काम कारवाही, ऐन, नियम, निर्देशिका र निर्देशनको परिपालनको अवस्था लगायत समग्र विषय समेटेर परिपालन अधिकृतहरूले प्रतिवेदन तयार गरी प्राधिकरणमा बुझाउनुपर्ने बताए । साथै, उनले बीमकहरूले सम्पत्ति सुद्धीकरण हेर्न अलग्गै कार्यान्वयन अधिकारी राख्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले सम्पत्ति सुद्धीकरण निवारण सम्बन्धमा, उपनिर्देशक विरोध भट्टले बीमा दाबी फछ््र्यौट सम्बन्धमा र उपनिर्देशक नील प्रसाद लामिछानेले सुशासन सम्बन्धमा प्रस्तुती गरेका थिए ।
कार्यक्रममा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका परिपालन अधिकृतहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL