Logo

कतारबाट फर्केका नेपाली काठमाडौंमा बन्धक, पाँच लाख फिरौती माग्ने दुई जना पक्राउ

कतारबाट फर्केका नेपाली काठमाडौंमा बन्धक, पाँच लाख फिरौती माग्ने दुई जना पक्राउ



काठमाडौं । काठमाडौं सिनामंगलमा कतारबाट फर्केका एक युवकलाई अपहरण गरी बन्धक बनाएको अवस्थामा प्रहरीले उद्दार गरेको छ । सोमबार कतारबाट काठमाडौं आएका सप्तरीका सिकेन्द्र यादवलाई बन्धक बनाएको अवस्थामा सिनामंगलबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

laxmi

प्रहरीले सिकेन्द्रलाई बन्धक बनाएको आरोपमा अजिम अली र एमडी सहनीलाई पक्राउ गरेको छ । उनीहरुले सिकेन्द्रलाई ४ लाख ८० हजार रुपैयाँ माग गर्दै एउटा कोठामा बाँधेर राखेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

उनका अनुसार बन्धक बनाएर अली र सहनीले यादवको परिवारसँग चार लाख ८० हजार फिरौती मागेका थिए । कतारबाट एक व्यक्तिले यादवलाई २४ ग्राम सुन बोकाएर काठमाडौंमा अलीलाई दिनु भनेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । तर, यादवले ल्याएको उक्त सुन अर्कै व्यक्तिले काठमाडौंमा बुझेको दाबी गरेका छन् । त्यसपछि अलीले यादवलाई सुन खोज्दै आफ्नो कोठा पु¥याएका थिए । उनीहरुले यादवलाई कुटपिट समेत गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL