Logo

मतगणना अपडेट : बझाङमा कांग्रेसको अग्रता, एमाले उम्मेदवार पछि परे

मतगणना अपडेट : बझाङमा कांग्रेसको अग्रता, एमाले उम्मेदवार पछि परे



काठमाडौं । बझाङ–१ (क) मा पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।

laxmi

नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ७ हजार ४ सय ८८ मत प्राप्त गर्दै अग्रता लिँदा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ७ हजार २ सय ३९ मत ल्याएका छन्।

त्यसै गरी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले २ हजार ८ सय ९४ मत प्राप्त गरेका छन्। नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार १ सय ०२ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ७ सय ८४ मत पाएका छन्। रास्वपाका मिलन लिम्बूले ५ सय ६१ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL