Logo

चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने, गर्यो यस्तो घोषणा

चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने, गर्यो यस्तो घोषणा



काठमाडौं । चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा गरेको छ । चीनले आगामी मे १ अर्थात वैशाख १९ देखि चीन जानको लागि आवेदन दिने नेपालीसँग भिसा शुल्क नलिने घोषणा गरेको हो ।

laxmi

काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबार सूचना प्रकाशित गर्दै भिसा शुल्क नलिने तर एक्सप्रेस फि र सर्भिस फि भने लिने जानकारी दिएको छ ।

दुताबासले भनेको छ–‘नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई प्रवद्र्धन गर्न र नेपाल र चीनबीच व्यक्तिगत आवतजावतलाई थप सहज बनाउन नेपालस्थित चिनियाँ दूतावासले मे १, २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क लिइने छैन, एक्सप्रेस शुल्क र सर्भिस फि लिइनेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL