Logo

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरि श्रेष्ठ नियुक्त, यस्तो छ कार्यानुभव

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरि श्रेष्ठ नियुक्त, यस्तो छ कार्यानुभव



काठमाडों । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको बैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठले तत्कालीन बीमा संस्थानको पूर्व सीईओ पदमा रहेर समेत काम गरिसकेका छन् ।

laxmi

उनी नेपाल खाद्य संस्थानका पूर्व प्रमुख हुन् । श्रेष्ठ नेपाल औद्योगिक विकास निगममा २५ वर्ष, बीमा संस्थानमा महाप्रवन्धक, सामुदायिक लघुवित्त संस्थाको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन्।

कम्पनीले यसअघि सीईओका सुरेन्द्र थापा, सुवास कोइराला, नारायणकुमार भट्टराई र डा शिवहरि श्रेष्ठको नाम सर्टलिस्टमा समावेश गरेको थियो । समितिको बैठकले आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी सबैमा अब्बल भएपछि श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL