Logo

एकैदिन ६ एसएसपीको सरुवा, को कहाँ पुगे ?

एकैदिन ६ एसएसपीको सरुवा, को कहाँ पुगे ?



काठमाडौं । सरकारले विभिन्न ५ जना एसएसपीलाई सरुवा गरेको छ । शुक्रबार काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको र विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिईएको छ । यस्तै उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषदमा र परिषदमा रहेका सानुराम भट्टराई, राठोरको स्थानमा आएका छन् ।

laxmi

प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा पठाइएको छ । कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई हेडक्वार्टरको तालिम निर्देशनालयमा ल्याइएको छ । यसरी शुक्रबार गृहमन्त्री रवी लामिछानेले ५ जना एसएसपीको सरुवा गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL