Logo

प्रतितोला १४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला १४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य एकैदिन ठुलो रकमले बढेको हो ।

laxmi

यसअघि बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेकोमा आज बढ्दै प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ पुगको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला १६ सय ७५ रुपैयाँ पुगेको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १६ सय ५५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL