Logo

कतार र नेपालबीच द्विपक्षीय सम्झौता, कुन कुन क्षेत्रमा जुट्यो समझदारी ?

कतार र नेपालबीच द्विपक्षीय सम्झौता, कुन कुन क्षेत्रमा जुट्यो समझदारी ?



काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय समजदारीपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने भ्रमणमा नेपाल आएका कतारी राजा शेख तमिम विन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा विभिन्न सम्झौतामा हस्ताक्षर भएको हो ।

laxmi

जसमा युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको बताएको हो छ । यस्तै दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपालका तर्फबाट कानुनमन्त्री पदम गिरीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सबीच भएका दुई सम्झौतामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
MBL