Logo

साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार, १२ अंकले बढ्यो बजार

साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार, १२ अंकले बढ्यो बजार



काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । आइतबार बजार १२.२९ अंकले बढेर १९८४ को विन्दुमा पुगेको छ ।

laxmi

पछिल्ला ५ कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो । आइतबार नेप्से परिसूचक १२.२९ अंक बढेर १९८४.४३ विन्दुमा पुगेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २ अर्ब ९ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० कम्पनीको ४७ हजार ११७ पटकको कारोबारमा २ अर्ब २५ करोड ९९ लाख ५९ हजार रुपैयाँ बराबरको ६३ लाख ९३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज दोल्ती पावरको सेयरमूल्य सर्वाधिक ९.८८ प्रतिशत बढेको छ । आज एनआईसी एशिया लघुवित्तक र रु रु जलविद्युत परियोजनाको मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने अप्पर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको पिपुल्स पावरको सेयरमूल्य यस दिन सर्वाधिक ७.४६ प्रतिशत घटेको छ । आइतबार गोर्खाज फाइनान्सको सेयर कारोबार शीर्ष स्थानमा रहेको छ ।

यस फाइनान्सको १० करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको करिब ९ करोडको सेयर किनबेच भएको छ भने पिपुल्स पावरको ७ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । आज १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ ।

यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.९० प्र्रतिशत बढेको छ । विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन बैंकिङ र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL