Logo

लगातार बढ्दै भन्सार राजस्व, तातोपानी भन्सारमा मात्रै लक्ष्यभन्दा साढे ३ अर्ब बढी राजस्व उठ्यो

लगातार बढ्दै भन्सार राजस्व, तातोपानी भन्सारमा मात्रै लक्ष्यभन्दा साढे ३ अर्ब बढी राजस्व उठ्यो



काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु पाँच अर्ब ५९ करोड सङ्कलन गर्ने लक्ष्य लिएकोमा हालसम्म रु आठ अर्ब ५६ करोड सङ्कलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिए ।

laxmi

नाका सञ्चालन भएपछि व्यापार बढेको उनले बताए । पछिल्लो समय मानिसहरुको आवतजावत बढिरहेको उनको भनाइ छ । उनले यस भन्सार नाकामा भूकम्प पछिल्लो समय व्यापारिक गतिविधि बढे पनि सडकलगायतका पूर्वाधारमा भने सुधार हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL