Logo

सञ्चालकको वेवास्ताले सञ्चालनमा आएन ‘नेप्से ३० इन्डेक्स’, सेयर बजार सुधारमा किन ढिलाई ?

सञ्चालकको वेवास्ताले सञ्चालनमा आएन ‘नेप्से ३० इन्डेक्स’, सेयर बजार सुधारमा किन ढिलाई ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिले चासो नदेखाउँदा नेप्सेले सञ्चालनामा ल्याउने भनेको ‘नेप्से ३० इन्डेक्स’ सञ्चालनमा आउन सकेको छैन । सञ्चालक समितिका अध्यक्षले ‘नेप्से ३० इन्डेक्स’ को बारेमा वास्ता नगर्दा लामोसमदेखि चर्चामा रहेको यो सञ्चालनमा आउन नसकेको सम्बन्धितहरु बताउँछन् ।

laxmi

नेप्सेले गत कार्तिकमा नै सफल पूर्ण परीक्षण सम्पन्न गरेको ‘नेप्से ३० इन्डेक्स’ वैशाख लाग्दासम्म पनि सञ्चालनमा आउन सकेको छैन । नेप्सेले परीक्षणको केही समयमा नै सञ्चालमा ल्याउने भनेको उक्त संरचना सञ्चालक समितिको अध्यक्ष पटक–पटक परिवर्तन भइरहदा सञ्चालनमा आउन नसकेको नेप्से श्रोत बताउँछ ।

‘नेप्से ३० इन्डेक्स’ सञ्चालनमा ल्याउने कार्यबिधि बन्दा नेप्सेको अध्यक्षमा अर्थमन्त्रालयका सह सचिब चक्रबहादुर बुढा थिए । नेप्सेले कुनै पनि इन्डेक्स सञ्चालनमा ल्याउनपाउने गरि गत भदौ २५ गते नेप्से सञ्चालक समितिले ‘सूचकांक (इन्डेक्स) विकास, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आन्तरिक कार्यविधि, २०८०’ पारित गरेको थियो । उक्त कार्यविधिअनुसार नेप्से–३० मात्रै नभएर अन्य सूचाकांक पनि सञ्चालन गर्न सकिन्छ । तर, पहिलो चरणमा ‘नेप्से–३० इन्डेक्स’ सञ्चालन गर्ने तयारी थियो । गत साउनमै आवश्यक पूर्वाधार तयार गरेर परीक्षणसमेत गरिएको यो इन्डेक्स ढिलोमा कात्तिकबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको नेप्सेले जानकारी दिएको थियो । तर, वैशाख २ गतेसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

‘सहसचिब तथा नेप्सेका अध्यक्षमा चक्रबहादुर बुढा हुँदा इन्डेक्स सञ्चालनमा ल्याउने कुरा अर्थमन्त्रालयसम्म पुगेको थियो, ‘नेप्से श्रोत भन्छ, ‘इन्डेक्स सञ्चालनमा ल्याउने कार्यबिधि गत भदौमा पास भइसकेको छ, तर, कार्यविधिमा कुनै पनि इन्डेक्सहरु सञ्चालनमा ल्याउनको लागि सञ्चालक समितिले कहिलेबाट सञ्चालनमा ल्याउने भनेर समय तोक्नुपर्ने भन्ने व्यवस्था गरिएको छ ।’

हालसम्म नेप्से ३० इन्डेक्स सञ्चालनको लागि भनेर नेप्सेको सञ्चालक समितिमा कुनै पनि समयसीमा तोकिएको छैन । यसकारण नेप्से ३० इन्डेक्स सञ्चालनमा आउन नसकेको हो । सरकार परिवर्तन र कर्मचारी सरुवाले गर्दा पनि पुरा हुन तयारीमा रहेको काम लामो समयसम्म अवरुद्ध हुने गरको छ । एक महिना अगाडि सरकार परिवर्तन भएपछि नेप्से ३० इन्डेक्स सञ्चालनको बारेमा सरकारी पक्षबाट कुनै विषय नै उठान नभएको नेप्सेका प्रवक्ता मुराहरी पराजुली बताउँछन ।

नेप्सेले सञ्चालनमा ल्याउन लागेको नेप्से ३० इन्डेक्स नेप्से सञ्चालक समितिको अध्यक्ष चक्रबहादुर बुढा हुँदा आएको भएतापनि उनी पछि दुई अध्यक्ष परिवर्तन भइसकेका छन । बुढा पछि नेप्सेको अध्यक्षमा सरकारले भुपाल बराललाई नियुक्त गरेको थियो । भुपाल बरालको कार्यकालमा परीक्षण सफल भएको नेप्से ३० इन्डेक्स पूर्ण रुपमा सञ्चालनमा नआउँदै फेरी अध्यक्षमा शोभाकान्त पौडेल आएका छन । पौडेलले नेप्से ३० इन्डेक्स सञ्चालनमा ल्याउनेको लागि खासै रुची नदेखाएको कारण यो सञ्चालनमा आउन नसकेको श्रोत बताउँछ ।‘पटक–पटक नेप्से ३० इन्डेक्स कुरा उठ्दा पनि अध्यक्ष्ज्यूले यसको आवश्यकता किन छ भन्ने जस्तो कुरा गर्नुहुन्छ,’ श्रोत भन्छ । सञ्चालक समितिमा देखिएको अन्यौताको कारण उक्त इन्डेक्स सञ्चालनमा आउने वा नआउने भन्ने विषयमा नै अन्यौलता देखिएको छ ।

नेप्सेले उक्त इन्डेक्स सञ्चालनमा ल्याएमा दोस्रो बजारको कारोबार थप सुदृढ हुने बताइएको छ । यस सूचकांकले कारोबार तथा उतारचढावलाई प्रतिबिम्बित गर्नुका साथै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन लगायतमा सहयोग पुग्ने अपेक्षा छ । यसबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने छ । नेप्से–३० इन्डेस फ्रि फ्लोट विधिबाट नेप्सेको समग्र बजारलाई प्रतिनिधित्व गर्ने एक नयाँ सुचाकांक हो । हाल नेप्सेमा सेन्सेटिभ, सव–सेन्सेटिभ, समुहगत गरेर १७ इन्डेक्स रहेका छन्, यो थपिएपछि १८ इन्डेक्स हुनेछन् ।

नेप्सेले बिभिन्न मापदण्डमा सूचीकृत कम्पनीबाट छानिएका ३० कम्पनीलाई समावेश गरेर यो इन्डेक्स सञ्चालन गर्नेछ । मुख्य इन्डेक्समा हुने कारोबारकै आधारमा यो इन्डेक्सको गणना गरिने छ । यद्यपि, यस इन्डेक्सको पनि छुट्टै सेयर कारोबार भने नहुने प्रस्ताव गरिएको छ । तर अहिले लगानीकर्ता तथा सेयर कारोबार गर्ने व्यक्तिहरुले नेप्से–३० इन्डेक्सबारे विस्तृतमा बुझिसकेका छैनन् । उनीहरुले यसबारे राम्रोसँग बुझेपछि छुट्टै कारोबार गराउने योजना भने नेप्सेको छ ।

तोकिएको मापदण्डका आधारमा नेप्सेले बैंक तथा वित्तिय संस्था, लघुवित्त, बीमा, जलविद्युत, उत्पादनमुलक र व्यापार तथा सेवा गरि ६ क्षेत्रबाट ३० कम्पनी छनोट गरिसकेको छ । तर, सञ्चालक समितिबाट मिति नतोकिदिदा त्यो सूची सार्वजनिक गरिएको छैन । शेयर बजार प्रभावित हुने डरमा पनि उक्त सूची गोप्य राखिएको छ ।

यो इन्डेक्स गणनाको लागि पहिला छनौट भएका कम्पनीहरुको प्रारम्भिक सूची तयार गरिनेछ, नेप्से आन्तरिक रुपमा त्यस्तो सूची तयार गरिसकेको छ । यो सञ्चालनमा आउने भएपछि उनीहरुको फ्रि फ्लोट बजार पूँजीकरण, पछिल्लो वर्षको प्रतिसेयर आम्दानी, कारोबार रकम, कारोवार संख्या तथा कारोबार कित्ताका आधारमा प्रत्येकलाई भार प्रदान गरेर कुल भार गणाना गरिनेछ । त्यसपछि अन्त्यमा छनोट भएका कम्पनीहरुको फ्रि–फलोट सेयरको हालको बजारको पुुँजीकरणलाई आधार बजार पूँजीकरणले भाग गरि एक हजारले गुणा गरेर इन्डेक्स निकालिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL