Logo

साताको पहिलो दिन दोहोरो अंकले बढ्यो सेयर बजार, सवा ४ अर्बको कारोबार

साताको पहिलो दिन दोहोरो अंकले बढ्यो सेयर बजार, सवा ४ अर्बको कारोबार



काठमाडौं । केही समययता निरन्तर ओरोलो लागेको सेयर बजार साताको पहिलो दिन दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक २२.७५ अंकले बढेर २०२६.८१ अंक विन्दुमा आइपुगेको छ । आइतबार १ करोड १२ लाख कित्ता सेयर ४ अर्ब २५ करोड ५६ लाखमा खरिद बिक्री भएको छ ।

laxmi

त्यस्तै, १९० वटा कम्पनीको सेयर मूल्य बढ्दा ४८ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ । आइतबार नेपाल रि इन्स्योरेन्स प्रमोटर सेयरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ९५ करोड २० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, गोर्खाज फाइनान्सको १९ करोड ४ लाख, सूर्य ज्योति लाइफ इन्स्योरेन्सको ११ करोड २९ लाख, सर्वोत्तम सिमेन्टको ९ करोड ९३ लाख, नेपाल फाइनान्सको ८ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL