Logo

सुुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै, नाउपाको निर्णयमा भर

सुुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै, नाउपाको निर्णयमा भर



काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिँदैछन् । आज ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

laxmi

संघमा नेकपा (माओवादी केन्द्र), नेकपा एमाले लगायतका दलबीच नयाँ गठबन्धनसहितको सरकार बनेपछि सुदूरपश्चिममा पनि त्यसको असर परेको हो । सुदूरपश्चिम सरकारबाट नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले समर्थन फिर्ता लिएपछि मुुख्यमन्त्री शाह अल्पमतमा परेका छन् ।

समर्थन फिर्ता लिएको एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संविधानमा व्यवस्था छ । नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सात, राप्रपाका एक र एक स्वतन्त्र दलको समर्थन जुटाएर विश्वासको मत पाउने दाउमा मुख्यमन्त्री रहेका छन् । तर, विवादका कारण हाल नाउपा दुई भागमा विभाजन भएकाले मत पनि विभाजित हुने देखिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारकै विषयलाई लिएर पार्टीभित्र मत विभाजित भएको हो ।

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने / नदिने विषयमा पार्टीभित्रैबाट बुधवार दुईवटा निर्देशन जारी भएको छन् । ७ जना प्रदेश सभा सदस्य रहेका आफ्ना सांसदहरूलाई मुुख्यमन्त्रीलाई मतदान नगर्न नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले नै ह्विप जारी गरेकी छन् । उनले लिखित रुपमै मुख्यमन्त्री शाहलाइ विश्वासको मत नदिन निर्देशन दिएकी हुन् । यस्तै पार्टी प्रमुख सचेतक खुशीराम डगौरा थारूको पनि ह्विप जारी भएको छ । उनले मुख्यमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरेका हुन् । उनले प्रदेश सभा उपस्थिती भए। मुख्यमन्त्रीलाई विश्वासको मत दिन नाउपका सबै प्रदेश सभा सदस्यलाई निर्देशन दिएका छन्।

हाल नाउपाका ५ जना सांसद शाह नेतृत्वको सरकारमा नै सामेल छन् । एक सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले भने विश्वासको मत दिने संकेत गरेको छ । मुख्यमन्त्री शाहलाई नाउपाका सातै जना, स्वतन्त्र सांसद तारा जोशी र राप्रपाले समर्थन गर्दामात्रै विश्वासको मत पुग्छ । स्वतन्त्र सांसद तारा जोशीले सरकारमा सहभागी दल नाउपा नै विभक्त भएकाले मत दिनुको अर्थ नरहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL