Logo

नेपाल ‘ए’ लाई आयरल्यान्ड ‘ए’को १५८ रनको सामान्य लक्ष्य, कमलको ह्याट्रिक

नेपाल ‘ए’ लाई आयरल्यान्ड ‘ए’को १५८ रनको सामान्य लक्ष्य, कमलको ह्याट्रिक



काठमाडौं । पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ टिमविरुद्ध आयरल्यान्ड ‘ए’ ले १ सय ५८ रनको लक्ष्य दिएको छ । टस हारेर बलिङमा उत्रिएको नेपालले कसिलो बलिङ गरेपछि आयरल्यान्डले अलआउट हुँदैै ३८.३ ओभरमा १ सय ५७ रन मात्र बनाउन सक्यो ।

laxmi

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा आयरल्यान्डका केड कार्मिकलले ५१, कप्तान निल रकले ३९ रन बनाए । नेपालका लागि कमलसिंह ऐरीले ह्याट्रिकसहित ४ विकेट लिए । यस्तै, रिजन ढकालले १, सहाब आलमले २, मौसम ढकालले २ विकेट लिए ।

आज नेपाल ‘ए’को प्लेइङ १ मा कप्तान विनोद भण्डारीसहित अर्जुन कुमाल, देव खनाल, मौसम ढकाल, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल ऐरी, सहाब आलम र रिजन ढकाल छन् । यसअघि भएको टी–२० शृङ्खलामा आयरल्याण्ड ‘ए’ले नेपाल ’ए’ माथि २–१ को जितले प्रतियोगितामा कब्जा जमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL