Logo

बालाजु अटो वर्कसको म्यानेजरर्स मीट २०२४ सम्पन्न, डिलरहरु र विभिन्न व्यक्ति सम्मानित

बालाजु अटो वर्कसको म्यानेजरर्स मीट २०२४ सम्पन्न, डिलरहरु र विभिन्न व्यक्ति सम्मानित



काठमाडौं । नेपालका लागि महिन्द्रा फोरह्वीलरको आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुप–बालाजु अटो वर्कसले सर्भिस एण्ड पार्ट्स म्यानेजर मीट २०२४ सम्पन्न गरेको छ ।

laxmi

बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मा र एम एण्ड एम नेपालको लागि सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धरको साथै अग्नि ग्रुप, नेटवक्र्सका अतिथिहरूको उपस्थितिमा धुलिखेलमा कार्यक्रम सम्पन्न गरिएको हो ।

सो अवसरमा महिन्द्रा केयर फेस्ट २०२४ मा उत्कृष्ट प्रदशन गर्ने डिलरहरु बेस्ट फोटो अफ द केयर फेस्ट–अग्नि आस्था, इटहरी, बेस्ट कस्टमर इन्गेजमेन्ट–ओम बाराही अटो वर्कस, हाइएस्त एम–ट्रयाक इनरोलमेन्ट–अग्नि आस्था, इटहरी, हाई पफर्मर–अग्नि आस्था, भैरहवा, हाई याचिबर–ठाकुर अटो केयर सेन्टर प्रा लिलाई सम्मानित गरिएको थियो ।

साथै म्यनाजर्स मीट २०२४ मा उत्कृष्ट प्रदशन गर्ने ओम बाराहीबाट बेस्ट कस्टमर केयर एक्जिक्युटिव २०२४–बिनिता के.सी, सेन्ट्रल सर्भिस सेन्टरबाट बेस्ट सर्भिस म्यानेजर २०२४–सशी पजियर साथै एम.के इंकॉर्पोरेटेड प्रा.लि. बाट बेस्ट स्पेयर पार्ट्स म्यानेजर २०२४–राजेश लाघेलाई पनि सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL