Logo

कतार उडेको नेवानिको जहाजमा प्राविधिक समस्या, काठमाडौं फर्काइयो

कतार उडेको नेवानिको जहाजमा प्राविधिक समस्या, काठमाडौं फर्काइयो



काठमाडौं । कतारको दोहा उडेको नेपाल वायुसेवा निगमको नाइनएन–एएलवाई कलसाइन जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौँ नै फिर्ता गरेर अवतरण गराइएको छ ।

laxmi

निगमका प्रवक्ता देवेन्द्र पुनले कतार उडेको वाइडबडी ए–३३० को हाइड्रोलिक्समा समस्या भएर शुक्रवार बिहान ३ बजे काठमाडौं फिर्ता गरिएको जानकारी दिएका छन् ।

‘दोहा उड्दै गरेको जहाजको हाइड्रोलिक्समा समस्या देखिएपछि केही मिनेटमै काठमाडौं फिर्ता गरेर नर्मल अवतरण गराइएको हो’, उनले भने, ’जहाज अहिले ठीक भइसकेको छ । नियमित उडान अन्तर्गत दिल्ली उड्ने तयारीमा छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL