Logo

मन्दीका कारण धितो लिलाम नभएपछि बैंकको गैर बैकिङ सम्पत्ति बढ्यो, कसको कति ? (सूचीसहित)

मन्दीका कारण धितो लिलाम नभएपछि बैंकको गैर बैकिङ सम्पत्ति बढ्यो, कसको कति ? (सूचीसहित)



काठमाडौं । आर्थिक मन्दीको कारण ऋणीको धितो लिलाम नहुँदा पछिल्लो समय वाणिज्य बैंकहरुको गैर बैकिङ सम्पत्ति (एनबीए) बढेको छ । चालु आर्थिक वर्षको फागुन महिनामासम्म आइपुग्दा २० वाणिज्य बैंकको गैर बैकिङ सम्पत्ति बढेर करिव २० अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ ।

laxmi

विश्वव्यापीरुपमा फैलिएको कोरना र त्यसपछि अर्थतन्त्रमा आएको सिथिलताका कारण पछिल्लो समग्र अर्थतन्त्रमा नै समस्या देखिएको छ । जसको असर उद्योग व्यवसायलगायत सम्पूर्ण अर्थ प्रणालीमा नै देखापरेको र यसको असर बैंकिङ क्षेत्रमा पनि परेको पूर्ब बैंकर भुवन दाहाल बताउँछन । समग्र आर्थिक क्षेत्रमा देखिएको मन्दीको कारण अहिले बैंकहरुको गैर बैंकिङ सम्पति पनि बढेको उनको बुझाई छ ।

नेपालमा बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्दा सबैभन्दा धेरै धितोको रुपमा जग्गा राख्ने गरेका छन् । अर्थतन्त्र सुस्ताउँदा पछिल्लो समय जग्गाको मूल्यमा पनि गिरावट आएको छ जसका कारण त्यस्ता धितो बिक्री नहुँदा गैर बैंकिङ सम्पत्ति बढेको हो । अहिले बैंकको गैर बैंकिङ सम्पतिमा सबैभन्दा धेरै जग्गाको हिस्सा रहेको दाहाल बताउँछन । अहिले अर्थतन्त्रमा देखिएको समस्याको मुख्य कारण ऋणीको आम्दानीमा गिरावट आउनु हो । जसको कारण ऋणीले कर्जाको किस्ता भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएको छ ।

यसैगरी, राष्ट्रिय तथा अन्तराष्ट्रिय कारणले समग्र बजारमा माग खुम्चिदै गएका कारण बजारमा माग नभएपछि उद्योग कलकारखानाले उत्पादन घटाउन थाले । त्यसले सम्पूर्ण आर्थिक गतिविधि नै सुस्त हुन पुगेको कारण यसको असर बैंकिङ प्रणालीमा पनि देखिएको हो । समग्र अर्थतन्त्रमा समस्या देखिएपछि बैंक वित्तीय संस्थाका कर्जा डिफल्ट हुने दर पनि बढेको दाहालको बुझाई छ ।

यसैगरी, पछिल्लो समय अर्थतन्त्रका साथै जग्गाको कारोबारमा देखिएको सुस्तताका कारणले पनि धितो बिक्री नहुँदा बैंकको यस्तो सम्पति बढेको एनआईसी एसिया बैंकका सूचना अधिकारी अर्जुन खनिया बताउँछन । ‘अहिलेको अवस्थामा बैंकहरुले लिलामीको सम्पति बिक्री गर्न खोज्दा पनि बिक्री नभएको अवस्था छ,’ उनले भने, ‘लिलामी सकार्न समय लाग्ने भएकाले पनि बैंकहरुको गैर बैंकिङ सम्पति धेरै बढेको देखिएको छ ।’

बैंक तथा बित्तीय संस्थाले ऋणीलाई कर्जा लगानी गरेका हुन्छन् । वित्तीय संस्थाले दिएको ऋणवापतको रकम बराबर ऋणीले वित्तीय संस्थामा धितोस्वरुप जग्गा तथा जायजेथा राखेका हुन्छन । ऋणीले लिएको ऋण विभिन्न कारणबाट असुल उपर हुन नसकेपछि बैंकले ऋणीको धितो लिलामीको प्रक्रिया लगानी बढाउँछ ।

बैंक तथा वित्तीय संस्थाले सामान्यतया लिलामी प्रक्रिया कानून बमोजिम सम्पन्न गर्नुपर्ने हुन्छ । धितो लिलाम गर्नुपूर्व ऋण दिने संस्थाले ३५ दिने सूचना र अन्तिम प्रक्रियाको लागी ७ दिने सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्ने व्यवस्था रहेको छ । यस्तो म्याद सूचनाको जानकारी ऋणीले पाएको हुनुपर्छ, ऋणीको स्थायी वा अस्थायी ठेगानामा सूचनाको जानकारी पठाएको र सम्बन्धित ब्यक्तिले पत्र बुझेको हुनुपर्छ । ऋणीले त्यसबारेमा राम्रोसँग जानकारी पाउनुपर्ने बाध्यकारी व्यवस्था रहेको छ । सम्पत्ति धनीलाई जानकारी नलिई झुक्यानमा पारी गैरकानूनी तवरबाट लिलाम गरिएको सम्पत्ति अदालतमा मुद्दा मामिला गरी बदर गराउन सक्ने व्यवस्था रहेको छ । यसरी बैंकले ऋणीबाट ऋण उठाउन नसक्दा उठाएको धितो लिलामी नै बैंकको गैर बैंकिङ सम्पति हो ।

कुन बैंकको गैर बैंकिङ सम्पति कति ?

माघ मसान्तसम्म आउँदा सबैभन्दा धेरै गैर बैंकिङ सम्पति भएको बैंक एनआईसी एसिया बैंक रहेको छ । यस बैंकको गैर बैंकिङ सम्पति ३ अर्ब ३२ करोड ८८ लाख रुपैयाँ रहेको छ । यसैगरी, दुई अर्बभन्दा माथि गैर बैंकिङ सम्पति भएका बैंकहरुमा प्राइम कमर्सियल बैंक र ग्लोबल आईएमई बैंक रहेका छन । यसैगरी, ५ वाणिज्य बैंकको गैर बैंकिङ सम्पति १ अर्ब रुपैयाँभन्दा माथि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL