Logo

बीमा कम्पनीले अब ७ क्षेत्रको लगानीलाई लगानीयोग्य मुनाफामा गणना गर्न नपाउने, कुन कुन क्षेत्र परे ?

बीमा कम्पनीले अब ७ क्षेत्रको लगानीलाई लगानीयोग्य मुनाफामा गणना गर्न नपाउने, कुन कुन क्षेत्र परे ?



काठमाडौं । अब बीमा कम्पनीहरुले विभिन्न ७ क्षेत्रमा गरेको लगानी रकमलाई आफ्नो वितरणयोग्य मुनाफाबाट घटाउनुपर्ने भएको छ । बीमा क्षेत्रको नियामकिय निकाय नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन संशोधनको पहिलो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

laxmi

जसध्ये अब जलविद्युत तथा सौर्य ऊर्जा, पर्यटन तथा वायुसेवा, कृषि, केबलकार, शिक्षा र स्वास्थ्य, घरजग्गा व्यवसाय र प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डमा गरेको लगानीको रकमलाई आफ्नो वितरण योग्य मुनाफामा गणना गर्न नपाईने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL