Logo

बाँसबारी प्रकरणमा चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीको प्रश्न : के यसैगरी मुलुकले आर्थिक समृद्धिको बाटो तय गर्ला ?

बाँसबारी प्रकरणमा चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीको प्रश्न : के यसैगरी मुलुकले आर्थिक समृद्धिको बाटो तय गर्ला ?



काठमाडौँ । चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले के युवाहरु स्वार्थप्रेरित राजनीतिक नाटकको हिस्सा बन्न चाहन्छन् भन्दै सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन् । आज (शनिबार) सामाजिक सञ्जालमा लेख्दै चौधरीले के युवाहरु स्वार्थप्रेरित राजनीतिक नाटकको हिस्सा बन्न चाहन्छन् वा वास्तविकता बुझेर देशको समृद्धिमा असली हिस्सेदार बन्न चाहन्छन् ? भन्दै राजनीति स्टण्टका कारण जुन परिस्थिति सिर्जना भएको छ, यसैगरी मुलुकले आर्थिक समृद्धिको बाटो तय गर्ला ? भन्ने प्रश्न गरेका छन् ।

laxmi

चौधरीले केही समयदेखि बाँसबारी जग्गाका विषयमा धारावाहिक प्रहसन चलेको टिप्पणी गर्दै न्यायालयले नै यसको छिनोफानो गर्ने बताएका छन् । साथै उनले तत्कालीन राजनीतिक स्वार्थसिद्ध गर्न जे जस्ता कार्यहरु भइरहेका छन्, यसले यो मुलुकलाई कता लैजान्छ, एकपटक आत्मसमीक्षा गर्न सबैलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्-१८० वर्ष पहिले टाटा समूह भारतमा आयो । आज भारतीय अर्थतन्त्रमा ठूलो योगदान दिनुका साथै भारतका लागि गौरव बनेको छ यो व्यापारीक घराना । १५० वर्षअघि नेपाल आएको हाम्रो परिवारको छैठौं पुस्ता पुगेको छ । नेपालको कुल राजश्वमा करिव २ प्रतिशत योगदान, देशको सबैभन्दा ठूलो रोजगारदाता, नेपाल बाहिर पनि तीब्र व्यापार विस्तार गरेर नेपाली चन्द्र–सूर्य अङ्कित राष्ट्रिय झण्डालाई विश्वमन्चमा फैलाइरहेका छौं । हाम्रो प्यारो देश नेपालको आर्थिक समृद्धिका लागि सदैव समर्पित र प्रतिबद्ध छौ ।

देश कठिन परिस्थितिबाट गुज्रिरहेको बेला निस्वार्थ सहायताको कार्यमा हामी सबैभन्दा अगाडि छौं भन्दा बडो आत्मसन्तुष्टि हुन्छ । भूकम्पका बेला होस्, कोरोना वा यस्तै अन्य कुनै आपतकालीन समयमा हामी निसंकोच जनताको सेवामा जोडिदै आएका छौं । हाम्रो विश्वसनीयता र उत्कृष्ट ट्याक रेकर्डकै कारण त हामीसङ्ग हार्वर्ड बिजिनेस स्कूल, बिल र मेलिन्डा गेट्स फाउन्डेशन वा टाटाहरूलगायतले सहकार्य गर्दै आएका छन् ।

आज यो देश कुन अवस्थामा छ, कसरी यस्तो भयो, यो देशको हीत कसले गर्छ भन्नेबारे युवाहरूले एकपटक आफैलाई प्रश्न सोध्नेबेला भएको छ । के युवाहरु स्वार्थप्रेरित राजनीतिक नाटकको हिस्सा बन्न चाहन्छन् वा वास्तविकता बुझेर देशको समृद्धिमा असली हिस्सेदार बन्न चाहन्छन् ? आज राजनीति स्टण्टका कारण जुन परिस्थिति सिर्जना भएको छ, यसैगरी मुलुकले आर्थिक समृद्धिको बाटो तय गर्ला ? एकपटक आत्ममन्थन गरौं । यो देशलाई समृद्धी र सकारात्मक बाटोमा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने िमडियाजगतले अहिलेको अस्तव्यस्तता र अन्यौलताको वातावरणलाई सहज बनाउन भूमिका खेल्नेछ भन्ने विश्वास मेरो छ ।

केही समयदेखि बासबारी जग्गाका विषयमा जुन धारावाहिक प्रहसन चलेको छ, यसमा थप टिप्पणी गर्न चाहन्न । न्यायालयले नै यसको छिनोफानो गर्ने नै छ । म यति मात्रै भन्न चाहन्छु कि तत्कालीन राजनीतिक स्वार्थसिद्ध गर्न जे जस्ता कार्यहरु भैरहेका छन्, यसले यो मुलुकलाई कता लैजान्छ, एकपटक सबैले आत्मसमीक्षा गरौं ।

प्रतिक्रिया दिनुहोस्
MBL