Logo

बजारमा मन्दी देखिदा नेपाली लगानीकर्तामा देखिएन उत्साह, फागुनमा चालू आवकै न्यून लगानी प्रतिवद्धता

बजारमा मन्दी देखिदा नेपाली लगानीकर्तामा देखिएन उत्साह, फागुनमा चालू आवकै न्यून लगानी प्रतिवद्धता



काठमाडौं । पछिल्लो समय बजारमा मन्दी देखिदा नेपाली लगानीकर्ताहरुमा उद्योगमा लगानीका लागि उत्साह पनि कम देखिएको छ । जसको परिणाम नेपालमा उद्योग क्षेत्रमा स्वदेशी लगानीकर्ताको प्रतिवद्धतामा पनि फागुनमा सुस्ताता देखिएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गएको फागुन महिनामा जम्मा २ अर्ब ६८ करोड रुपैयाँ बराबरको मात्रै स्वदेशी लगानी प्रतिबद्धता आएको हो । यो अघिल्ला महिनाहरुको तुलनामा र यहि महिनामा आएको विदेशी लगानी प्रतिवद्धताभन्दा पनि ज्यादै न्यून हो ।

laxmi

विभागकै आँकडालाई हेर्दा फागुन महिनामा विदेशी लगानीमात्रै ६ अर्ब ४७ करोड रुपैयाँ बराबर भित्रिएको छ । तर, यहि अवधिमा स्वदेशी लगानी प्रतिवद्धता भने विदेशी प्रतिवद्धताभन्दा झण्डै ४ अर्बले कम आएको देखिन्छ । विभागका अुनसार यसअघि गएको माघ महिनामा मात्रै स्वदेशी लगानीकर्ताहरुले विभागसामु एकै महिना १६ अर्ब रुपैयाँ बराबरको लगानी गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

त्यसअघि मंसिर र पुष महिनामा पनि क्रमशः ३ अर्ब ४३ करोड र १२ अर्ब ३१ करोड रुपैयाँ लगानी प्रस्ताव गरेका थिए । तर, चालु आर्थिक बर्षकै न्यून लगानी प्रतिवद्धता फागुनमा आएको विभागले जानकारी दिएको छ । चालु आवको हालसम्म अर्थात फागुन मसान्तसम्म भने स्वदेशी लगानीकर्ताले १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता जाहेर गरेका छन् । यसै अवधिमा विदेशी लगानी भने २९ अर्ब १३ करोड रुपैयाँ प्रस्ताव गरिएको छ ।

विभागका अनुसार फागुनमै स्वदेशी लगानीका ठुला १, मझौला २ र साना १९ परियोजनामार्फत लगानी प्रतिवद्धता आएको हो । यी परियोजनाबाट १३ सय ३४ जनाले रोजगारी पाउने बताइएको छ । यहि महिनामा एउटा प्याटेन्ट र ६ सय ५३ ट्ररेडमार्क दर्ता भएका छन् । विभागका अनुसार फागुनमै विभिन्न ४ उद्योगहरुको प्रारम्भिव वातावरणीय परिक्षण (आइइर्इ) गरिएको छ ।

विभागले चालु आर्थिक बर्षका लागि भन्दै कुल ३८ अर्ब रुपैयाँको विदेशी लगानी प्रतिवद्धता ल्याउने लक्ष्य लिएको छ भने २ सय स्वदेशी परियोजना दर्ता गर्ने लक्ष्य लिएको छ । यो आवको ८ महिना वित्दा विभागले उद्यो दर्ता संख्या भने २ सय ४ पुर्याईसकेको छ । यता विदेशी लगानी प्रतिवद्धता भने हालसम्म २९ अर्ब बराबरको मात्रै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL