Logo

गण्डकीको पर्यटनमा नयाँ आयाम, नवलपुरमा चरालोकन पदमार्ग

गण्डकीको पर्यटनमा नयाँ आयाम, नवलपुरमा चरालोकन पदमार्ग



काठमाडौँ । बढ्दो प्राकृतिक विनाशले चराचुरुङ्गीका आश्रयस्थल सङ्कटमा परिरहेको अवस्थामा पोखरा पंछी समाज भने चराहरूको संरक्षण गर्दै त्यसलाई पर्यटनसँग जोड्ने अभियानमा जुटेको छ ।

laxmi

संकटापन्न अवस्थामा परेका गिद्धलगायतका पंक्षीहरूको संरक्षणमा निरन्तर जुटिरहेको समाज पोखरासहित समग्र गण्डकी प्रदेशमा चरा पर्यटनको विकासमा पनि उत्तिकै सक्रिय छ ।

चरा संरक्षण अभियान अन्तर्गत नेपाल चरा उत्सव (वर्ड फेयर) सञ्चालन गरिहेको समाजले गत माघ २६ देखि २८ गतेसम्म नवलपुरको कावासोती नगरपालिका वडा नं १३ मा दोस्रो नेपाल चरा उत्सव सम्पन्न गरिसकेको छ ।

चरा उत्सवकै अवसरमा नयाँ चरा अवलोकन पदमार्गको प्याकेज निर्माण गरेको बताउँदै समाजका अध्यक्ष मनशान्त घिमिरेले भने, “वर्ड वाचिङ ट्रेल निर्माणको यो पहल वर्ड इको-टुरिजमलाई प्रवर्द्धन गर्न र नवलपुर क्षेत्रमा वातावरणीय चेतना बढाउन कोसेढुङ्गाका रूपमा स्थापित हुने विश्वास लिएका छौँ ।”

नवलपुरको रमणीय क्षेत्रमा नयाँ चरा अवलोकन पदमार्ग प्याकेज तयार गरिनुले दिगो पर्यटनका लागि महत्वपूर्ण भएको उनको भनाइ छ । प्राकृतिक सम्पदाको संरक्षण गर्दै आर्थिकरुपमा पनि फाइदा लिने गरी पर्यावरणीय पर्यटनमा जोड दिनुपर्ने उनि बताउछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL