Logo

ओलीले भने–रविको सहकारीसँग कुनै सम्बन्ध नै छैन, कांग्रेस बदनाम गराउने खेलमा लाग्यो

ओलीले भने–रविको सहकारीसँग कुनै सम्बन्ध नै छैन, कांग्रेस बदनाम गराउने खेलमा लाग्यो



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । मंगलबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले लामिछानेको बचाउ गर्दै कांग्रेसले लामिछानेलाई बद्नाम गराउने खेलमा लागेको आरोप समेत लगाएका छन् ।

laxmi

काँग्रेसले सहकारी ठगि प्रकरणमा अनुसन्धान भइरहेका लामिछाने पदबाहिर रहेर अनुसन्धानलाई सघाउनु पर्ने माग गर्दै संसद अवरोध गरिरहेको बेला ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

ओलीले भने सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोजिएको बताए । उनले भने–‘के उनी (लामिछाने) सहकारीमा छन् ? उनी सहकारीका सञ्चालक हुन् ? केही पनि छैन भने छानविनमा कसरी प्रभाव पर्छ ?’ साथै ओलीले लामिछाने कांग्रेसतिर नलागेकै कारण फसाउन खोजेको आरोप लगाउदै यसलाई महत्व दिन आवश्यक नभएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL