Logo

सर्वोच्च परिसरबाट हतियारसहित दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, १०० राउण्ड गोली पनि बरामद

सर्वोच्च परिसरबाट हतियारसहित दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, १०० राउण्ड गोली पनि बरामद



काठमाडौँ । सर्वोच्च अदालत परिसरबाट हतियारसहित दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ परेका छन् । सोमबार दिउँसो सर्वोच्च अदालत पुगेका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

laxmi

पक्राउ पर्नेमा बडिगार्डहरू दीपक खड्का र रामकुमार धिमाल छन् । उनीहरू बिहान पौने ११ बजे दुर्गा प्रसाईंको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालत प्रवेश गर्नेक्रममा बन्दुक भेटिएको हो । सर्वोच्च अदालतको मूलगेटमा रहेका प्रहरीको टोलीले चेक गर्नेक्रममा उनीहरूबाट बन्दुक बरामद गरेको हो ।

झोलामा स्वचालित हतियार एउटा, सानो दुई वटा म्यागजिन, दुई वटा ठूलो म्यागजिन, एउटा म्यागजिन होल्डर, १०० राउण्ड गोली पनि बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL