Logo

पर्यटन बोर्डको आयोजनामा कालीकोटमा स्की तालिम शुरु

पर्यटन बोर्डको आयोजनामा कालीकोटमा स्की तालिम शुरु



काठमाडौं । नेपाल पर्यटन बोर्डको आयोजना र कर्णाली खेलकुद परिषद्‌को सहआयोजनामा मिति २०८० फाल्गुन २८ गतेदेखि कर्णाली प्रदेश कालीकोट जिल्लाको त्रिबेनी पाटन छेतडीमा आधारभूत स्की तालिम सुरु भएको छ ।

laxmi

यस तालिममा २५ जना प्रशिक्षार्थी, नेपाल माउण्टेन एकेडेमीका तीन जना प्रशिक्षक, स्थानीय पर्यटन ब्यवसायीहरु सम्मिलित छन् । तालिम चैत्र ५ मा सम्पन्न हुनेछ ।

त्रिवेणी पाटन क्षेत्र स्कीका लागि प्रचूर सम्भावना भए‌को क्षेत्र हो । स्कीका लागि वर्षभर कम्ति‌मा १०० दिन हिउँ र ३० सेमी हिउँ पर्ने यश क्षेत्र साहसिक पर्यटनका अनि स्कीको सम्भावनालाई उजागर गर्न यस तालिमको आयोजना गरिएको हो।

उद्‌घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रवन्धक विमल कँडेलले स्की साहसिक पर्यटनका लागि मात्र नभई नेपालको हिमाली भूभागमा विपद्‌का समयमा उद्‌धार‌का लागि पनि प्रयोग हुने भएकाले स्थानीयको सहभागितामा यस तालिम आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL