Logo

बजारमा लगानीकर्ताको पोजेटिभ सेन्टिमेन्ट, माइक्रो उचालिदा ५८ अंकले बढ्यो नेप्से

बजारमा लगानीकर्ताको पोजेटिभ सेन्टिमेन्ट, माइक्रो उचालिदा ५८ अंकले बढ्यो नेप्से



काठमाडौं । नयाँ सरकार गठनसँगै बजारप्रति लगानीकर्ताको सेन्टिमेन्ट सकारात्मक हुँदा नेप्से परिसुचक बढ्न पुगेको छ । एमाले र माओवादी सरकारमा वर्षमान पुन अर्थमन्त्री भएसँगै सेयर बजारले लगातार उकालो गति लिएको छ ।

laxmi

अर्थमन्त्री पुनले आफु नियुक्त भएसँगै सेयर बजार सुधारको लागि नयाँ कदम चाल्ने बताएका थिए । सोहीअनुरुप उनले लामो समयदेखि जकडिएर बसेको पुँजी बजारमा तत्काल सुधारका लागि कार्ययोजना पेश गर्न नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेञ्ज र सिडीएससीलाई निर्देशन समेत दिईसकेका छन् । लगानीकर्ताको मनोविज्ञानमा चल्ने सेयर बजारमा पुनले आफु अर्थमन्त्री भएसँगै बजारलाई गतिशिल बनाएर विस्तार र विकास गर्न सम्बद्ध सरोकारवालासँग समन्वय सुरु गरेसँगै लगानीकर्ताको सेमिन्टमेन्ट पोजेटिभ भएको हो ।

अघिल्ला दिनहरुमा पनि दोहोरो अंकले बढेको बजार मंगलबार ९आज० ५८।५८ अंकले बढ्न पुगेको छ । कारोबार समयको अघिकांश समय नेप्से परिसुचक सामान्य रुपमा बढेपनि लगानीकर्ताले बजारप्रति सकारात्मक सेन्टिमेन्ट देखाउनकै लागि पनि अन्तिम समयमा उच्च अंकले उचालेको देखिन्छ । ‘अहिले बजारमा तरलता फालाफालको अवस्था छ भने कर्जाको ब्याज पनि सोही अनुरुप सस्तिएको छ,’ एक लगानीकर्ताले भने, ‘अहिले लगानीकर्ताको मनोवल खस्किएको कारण बजार घटेको हो तसर्थ नीति निर्माता र नियामकले मनोवल उचाल्ने काम गर्नुपर्छ ।’

सेयर बजारमा डिम्याटको आधारमा ६२ लाख भन्दा बढी संगठिन लगानीकर्ताहरु आवद्ध रहेका छन् । पछिल्लो समय अर्थमन्त्रीको सफलता र असफलाको मापन सुचकै सेयर बजार बन्न थालेको छ । सोही अनुरुप अर्थमन्त्रीमा पुन आएसँगै बजार बढाउनका लागि लगानीकर्ताको मनोवन बढाउने काम गरिरहेका समेत सम्बद्ध स्रोतको भनाई छ ।

लामो समय जलविद्युतमा केन्द्रित भएको बजार पछिल्लो समय लगानीकर्ताहरु लघुवित्ततर्फ आकर्षित भएका छन् । मंगलबार उच्च अंकले बढ्ने कम्पनीहरुको सुचीमा सबैजसो लघुवित्त रहेका छन् जसमध्ये ५ कम्पनीको सेयर मूल्यमा सर्किट नै लागेको छ ।

यसैगरी बढ्दो बजारमा कारोकार रकमले पनि साथ दिएको छ । दिनभर कुल ४ अर्ब ५५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएका छन् । जसमा २२० कम्पनीका लगानीकर्ताले कमाउँदा २२ कम्पनीका लगानीकर्ताले गुमाउन पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL