Logo

आज सवारी लिएर पशुपति क्षेत्रमा जाँदै हुनुहुन्छ ? यस्तो छ सवारी रुट र पार्किङ

आज सवारी लिएर पशुपति क्षेत्रमा जाँदै हुनुहुन्छ ? यस्तो छ सवारी रुट र पार्किङ



काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा हुने भक्तजनको घुँइचोलाई लक्षित गर्दै प्रहरीले सवारी डाइभर्सन गरेको छ । प्रहरीले महाशिवरात्रीलाई लक्षित गरी ५१३ जना ट्राफिक प्रहरी त्यस क्षेत्रमा खटाएको छ ।

laxmi

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो–बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाइभर्सन गर्ने व्यवस्था गरेको हो । त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिने भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवनकुमार श्रेष्ठले गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न सम्पूर्ण चालकलाई आग्रह गरेका छन् । प्रहरीले सिफलचौरमा दर्शनार्थीहरुका लागि पार्किङको व्यवस्था गरेको छ । त्यस्तै, कोषको कार्यालयमा सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । गुहेश्वरी पारी पनि तीर्थयात्री र दर्शानार्थीहरुले पार्किङ गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL