Logo

सत्ता गठबन्धनका चार दलबीच भागबण्डाको सहमति : एमालेलाई ८, रास्वपालाई ४ मन्त्रालय

सत्ता गठबन्धनका चार दलबीच भागबण्डाको सहमति : एमालेलाई ८, रास्वपालाई ४ मन्त्रालय



काठमाडौं । सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय भागबण्डामा सहमति जुटेको छ । आज बिहान बालुवाटारमा बसेको गठबन्धनको कार्यदलले एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय राख्ने सहमति जुटाएको हाे ।

laxmi

बाँकी चार मन्त्रालय भने नेकपा एकीकृत समाजवादीलगायत गठबन्धनमा थपिनसक्ने दलका लागि बाँकी राखिएको बालुवाटार स्रोतले जानकारी दिएको छ । अहिलेसम्म गृह रास्वपा सभापति रवि लामिछानेले पाउने करिब निश्चित भएको छ भने अर्थ प्रधानमन्त्रीले आफ्नै दलबाट बनाउँदा वर्षमान पुनको सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL