Logo

एक घण्टामा सेयर बजारमा तेश्रो अप्पर सर्किट, आजका लागि सेयर बजार बन्द

एक घण्टामा सेयर बजारमा तेश्रो अप्पर सर्किट, आजका लागि सेयर बजार बन्द



काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा कारोबार खुलेसँगै निरन्तर अप्पर सर्किट लागेपछि बजार बन्द भएको छ । ११ बजेदेखि खुलेको बजारमा एक घण्टाको अवधिमा तेश्रोपटक अप्पर सर्किट लागेसँगै आजको कारोबार स्थगित भएको छ ।

laxmi

यो अवधिमा सूचक ६ प्रतिशतले बढेसँगै अप्पर सर्किट ब्रेकर लागेको बजार बन्द भएको हो । अब कारोबार मंगलबार मात्र खुला हुनेछ । आज सोमबार नेप्से सूचक ११७.७० अंकले बढेर २०७८ विन्दुमा पुगेर बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL