Logo

आइजिआई प्रुडेन्सियलका नवनियुक्त अध्यक्ष ढकालले लिए सपथ

आइजिआई प्रुडेन्सियलका नवनियुक्त अध्यक्ष ढकालले लिए सपथ



काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले सपथ लिएका छन् । उनले आईतबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।

laxmi

आईतबार कम्पनीको २६ औं बार्षिक साधारणसभाले उनलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । कम्पनीको २६औं बार्षिक साधारण सभाले आगामी ४ बर्षको लागि संस्थापक समूहबाट हेमराज ढकाल, विशाल अग्रवाल, अम्बिकाप्रसाद पौडेल र कृति टिवडेवालका साथै सर्वसाधारण समूहबाट राजेन्द्रसिंह भण्डारी र अमित अग्रवाललार्य संचालक पदमा निर्बिरोध निर्वाचित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL