Logo

सेयर बजारमा सुधार, १३.२८ अंकले बढेको बजारमा कारोबार २ अर्बमा सीमित

सेयर बजारमा सुधार, १३.२८ अंकले बढेको बजारमा कारोबार २ अर्बमा सीमित



काठमाडौं । सेयर बजारमा साताको दोस्रो कारोबार दिन सोमबार सुधार आएको छ । सोमबार बजार १३.२८ अंकले बढेर १९९२ को विन्दुमा कायम हुन पुगेको छ ।

laxmi

सेयर बजारमा सामान्य देखिएपनि सोमबार कारोबार रकम भने घटेको छ । सोमबार ५९ लाख ८८ हजार कित्ता सेयर २ अर्ब १ करोड ७७ लाखमा खरिद बिक्री भएको छ ।

सोमबार सबैभन्दा बढी सोनापुर मिनरल्सको सेयर कारोबार भएको छ । सोमबार सो कम्पनीको ९ करोड ७१ लाख ८० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन रिइन्स्योरेन्सको ७ करोड ७५ लाख ३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन शिभम् सिमेन्टको ६ करोड ६७ लाख ६७ हजार रुपैयाँ, गुर्खाज फाइनान्सको ६ करोड २६ लाख ६४ हजार रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड १८ लाख ७ हजार रुपैयाँको कारोबार भएको हो ।

यस्तै बजारमा सोमबार बोटलर्स नेपाल (बालाजु) को सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी मनकामना स्मार्ट लघुवित्तको ८.१६ प्रतिशत, नेपाल वेयरहाउजिङको ७.६५ प्रतिशत, सोनापुर मिनरल्सको ७.३५ प्रतिशत र सिवाइसी नेपाल लघुवित्तको ७.७२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL